आर्थिक वर्षको पहिलो दिन: कस्तो छ विदेशी मुद्राको विनिमय दर ?

 संवाददाता    २०८२, २ श्रावण बिहीबार ०९:२६     128 जनाले पढ़िसके



Spread the love

आजदेखि नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु भएको छ । नेपाल राष्ट्र बैङ्कले नियमित रूपमा सार्वजनिक गर्दै आएको विदेशी मुद्राको विनिमय दर आज पनि सार्वजनिक गरेको छ ।

राष्ट्र बैङ्कका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८१ पैसा कायम भएको छ । त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १०० रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६० रुपैयाँ, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ६७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ एक पैसा र बिक्रीदर १७१ रुपैयाँ ७६ पैसा कायम गरिएको छ ।

यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाइएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने राष्ट्र बैङ्कले उल्लेख गरेको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee) 100 160.00 160.15
USD (U.S. Dollar) 1 137.21 137.81
EUR (European Euro) 1 159.31 160.00
GBP (UK Pound Sterling) 1 183.86 184.67
CHF (Swiss Franc) 1 171.01 171.76
AUD (Australian Dollar) 1 89.45 89.84
CAD (Canadian Dollar) 1 99.95 100.39
SGD (Singapore Dollar) 1 106.78 107.25
JPY (Japanese Yen) 10 9.22 9.26
CNY (Chinese Yuan) 1 19.11 19.20
SAR (Saudi Arabian Riyal) 1 36.58 36.74
QAR (Qatari Riyal) 1 37.65 37.81
THB (Thai Baht) 1 4.22 4.23
AED (UAE Dirham) 1 37.36 37.52
MYR (Malaysian Ringgit) 1 32.32 32.46
KRW (South Korean Won) 100 9.87 9.91
SEK (Swedish Kroner) 1 14.07 14.13
DKK (Danish Kroner) 1 21.35 21.44
HKD (Hong Kong Dollar) 1 17.48 17.56
KWD (Kuwaity Dinar) 1 448.75 450.71
BHD (Bahrain Dinar) 1 363.95 365.54
OMR (Omani Rial) 1 356.38 357.93