अब सबै विश्वविद्यालयहरूले निर्धारित कार्यक्रम सम्पन्न गर्ने प्रधानमन्त्रीको विश्वास

 संवाददाता    २०८२, २ श्रावण बिहीबार ०८:२४     226 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ आर्थिक वर्ष सुरु हुनुअघि नै देशका सबै विश्वविद्यालयहरूले आफ्नो बजेट र कार्यक्रम पारित गरिसकेको जानकारी दिएका छन्।

बितेको हप्ता विश्वविद्यालयहरूको सिनेट बैठकहरूमा आफ्नो अधिकांश समय बितेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसपटक विश्वविद्यालयहरूलाई थितिमा ल्याउन गरिएको प्रयास सफल भएको बताएका छन्।

‘विगतमा पहिले खर्च गर्ने, आर्थिक वर्ष सकिन लाग्दा बल्ल खर्च अनुमोदन गर्ने विकृति थियो,’ प्रधानमन्त्री ओलीले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘तर यसपटक सबै विश्वविद्यालयहरूले आर्थिक वर्ष सुरु हुनुअघि नै बजेट पारित गराएका छन्।’

उनले थप लेखेका छन्, ‘यसका लागि धेरै समय दिनु परेको भए पनि सन्तुष्टि मिलेको छ। अब सबै विश्वविद्यालयहरूले निर्धारित कार्यक्रम सम्पन्न गर्नेछन् भन्ने विश्वास बढेको छ।’