कियारा-सिद्धार्थलाई पुत्रीलाभ

 संवाददाता    २०८२, १ श्रावण बुधबार १३:५३     228 जनाले पढ़िसके



Spread the love

बलिउड अभिनेत्री कियारा आडवाणी र अभिनेता सिद्धार्थ मल्होत्रा आमाबाबु बनेका छन्। कियाराले मंगलबार राति मुम्बईको एचएन रिलायन्स अस्पतालमा छोरीलाई जन्म दिएकी हुन्।

कियारालाई सोमबार अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनको सामान्य डेलिभरी भएको थियो। कियारा र बच्चा दुवै स्वस्थ छन्। एनडीटीभीको रिपोर्ट अनुसार, अघि कियाराको डेलिभरी अगस्टमा हुने बताइएको थियो।

सिद्धार्थ र कियाराले बुधबार यसबारे आधिकारिक घोषणा गर्दै एक पोस्टमा लेखे, ‘हाम्रो मन भरिएको छ र हाम्रो संसार सधैँको लागि परिवर्तन भएको छ। हामीले छोरीको आशीर्वाद पाएका छौँ।’

सिद्धार्थ र कियाराले फिल्म शेरशाहमासँगै काम गरेका थिए। दुवैले सुटिङ सेटमा एकअर्कालाई डेट गर्न थालेका थिए। सिद्धार्थ र कियाराले ७ फेब्रुअरी २०२३ मा जैसलमेरको सूर्यगढ प्यालेसमा विवाह गरेका थिए।