एभरेस्ट सूर्य बोहरा निर्देशित फिल्म ‘चमेलीको पोइ’ आगामी चैत्र १३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले बुधबार फिल्मको तीन पोस्टर फष्टलुक्सको रूपमा सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।
फिल्मको फष्टलुक्समा अभिनेता मुकुन भुषाल र अभिनेत्री सुरक्षा पन्त श्रीमान् श्रीमतीको रूपमा देखिएका छन् । पोष्टरमा मुकुनलाई सुरक्षाबाट पीडित समेत देखाइएको छ ।
एभरेस्ट सूर्य बोहरा फिल्मस् र धनलक्ष्मी सिने मेकर्सको प्रस्तुति रहेको फिल्मका निर्माता सुनिता सापकोटा, राम नारायण उपाध्याय हुन् । उदय विक्रम राणा र रितु मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा सुरक्षा पन्त, मुकुन भुषाल, नारायण त्रिपाठी, विल्सन विक्रम राई, प्रेमदेव गिरी, रवीन्द्र झा, गणेश गौतम, अंशु महर्जन, बविन राई, खड्ग बहादुर पुन मगर, उमेश राई, रजनी गुरुङ, कपिल आचार्य, सुनिता सापकोटा, धनलक्ष्मी बोहरा, श्रेया नारायण, अनुष्का नारायण, मिना आर. एल. शाही, रितु मल्ल ठकुरी, अनार रत्न बज्राचार्य, विन्दु बज्राचार्य, प्रदीप सापकोटा, मीरा गौतम, अनिल गुरुङ, गोपीमाया थुलुङ राईलगायतको अभिनय छ ।
निर्देशक बोहरा र शिवम अधिकारीको पटकथा/संवाद, शेर बहादुर तामाङको छायांकन, बन्दे शाहको सम्पादन रहेको फिल्मका प्रोडक्सन डिजाईनर यम प्रसाद ओली हुन् । संगीत राजनराज शिवाकोटी, आशिष अविरल, नृत्य कविराज गहतराज, द्वन्द्व कुमार महर्जन, वितरक रोहित कट्टेल, रत्न श्रेष्ठ (आर. आर. फिल्मस् ) रहेको फिल्मको डिजिटल पार्टनर ओमप्रकाश अग्रवाल (ओएसआर) रहेकोछ ।
फिल्म मुस्ताङ, पोखरा र काठमाडाैँमा खिचिएको छ ।