एमाले सचिवालय बैठक भोलि बस्ने

 संवाददाता    २०८२, १ श्रावण बुधबार ११:३४     164 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । भोलि (बिहीबार) दिउँसो १ बजे बस्नेगरी सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

उनका अनुसार अनुसार साउन २ गते बस्ने पोलिटब्युरो र ५ गते बस्ने केन्द्रीय कमिटी बैठकको तयारी र एजेन्डा तय गर्न सचिवालय बैठक बोलाइएको हो ।

एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरिसेको छ ।

महाधिवेशनमा राजनीतिक, साङ्गठनिक र विधान संशोधन प्रस्ताव पेस हुनेछन् । जसअन्तर्गत राजनीतिक प्रतिवेदन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली, साङ्गठनिक प्रतिवेदन महासचिव शंकर पोखरेल र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्ने तयारी छ ।

एमालेमा ७० वर्षे उमेर हद र २ वर्षे कार्यकालबारे विवाद चर्किँदै गएको छ ।