धनगढीमा विश्वस्तरीय शिक्षा मेला, छात्रवृत्तिदेखि IELTS छुटसम्म

 संवाददाता    २०८२, ३१ असार मंगलवार १९:२८     243 जनाले पढ़िसके



Spread the love

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस धनगढीले यही १६ जुलाई २०२५ अर्थात् भोली असार ३२ गते धनगढीमा ग्लोबल एजुकेशन एक्सपो आयोजना गर्न लागेको छ। कार्यक्रम धनगढीस्थित आफ्नै अफिसमा बिहान १० बजेबाट दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ। प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ।

एक्सपोमा अस्ट्रेलिया, क्यानाडा, युके, अमेरिका र न्युजिल्याण्डका प्रतिष्ठित कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुनेछन्। कुल ३० जना प्रतिनिधिहरू सहभागी हुने यो कार्यक्रमलाई अध्ययन–विदेशका लागि उत्कृष्ट अवसरका रूपमा लिइएको छ।विद्यार्थीहरूले एक्सपोमा विश्वस्तरीय विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गर्ने, छात्रवृत्तिबारे जानकारी पाउने र अध्ययन–विदेशको लागि विशेषज्ञ मार्गदर्शन प्राप्त गर्ने मौका पाउनेछन्।

साथै, IELTS र PTE तयारीमा विशेष छुट तथा आकर्षक गिफ्ट ह्याम्पर पनि उपलब्ध गराइनेछ।कार्यक्रमबारे जानकारी दिंदै एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसका म्यानेजिङ डाइरेक्टर दिपेन्द्र चौधरी र धनगढी शाखा प्रमुख नीलम चौधरीले भने,“यो एक्सपोले सुदूरपश्चिमका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शिक्षा प्रणालीबारे प्रत्यक्ष बुझ्ने र करिअर निर्माणको मार्ग खुलाउनेछ। यसले अध्ययन–विदेशको सपना देख्ने विद्यार्थीका लागि ठूलो अवसर सिर्जना गर्नेछ।”