सुनको मूल्य स्थिर, चाँदीको घट्यो

 संवाददाता    २०८२, ३१ असार मंगलवार ११:३३     337 जनाले पढ़िसके



Spread the love

नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारकै मूल्यमा छापावाल सुन बजारमा कारोबार भइरहेको हो ।

जसअनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यसैबिच मंगलबार चाँदीको मूल्य भने घटेको छ । सोमबार तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा २ हजार २७५ रुपैयाँ कायम भएको हो ।