सोमबार बाँडिएको राष्ट्रिय चलचित्र पुरस्कारमा महिला कलाकारलाई नजरअन्दाज गरिएको आरोप अभिनेत्री वर्षा सिवाकोटीले लगाएकी छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै चलचित्र विकास बोर्ड र बोर्डका अध्यक्ष दिनेश डिसीमाथि प्रश्न समेत तेर्साएकी छन् ।
पुरस्कारमा निर्णायक समिति विशेष प्रोत्साहन पुरस्कार अभिनेता प्रदीप खड्कालाई मात्रै दिइएपछि उनले असहमति जनाएकी हुन् । बोर्ड र अध्यक्षलाई मेनसन गर्दै उनले लेखेकी छन्, ‘लौ नायक ज्युहरूलाई मात्रै प्रोत्साहन गर्नुस् । हामी महिला कलाकारहरूलाई प्रोत्साहन गरिदिने अध्यक्ष हामीले कहिले पाउने ?’
अभिनेता खड्काले फिल्म ‘पुजार सार्की’ मार्फत प्रोत्साहन पुरस्कार पाएका छन् । तर यो विधामा महिला कलाकारलाई भने पुरस्कार दिइएको छैन ।