बैंकिङ क्षेत्रको उछाल एक दिन पनि टिकेन, सेयर बजारमा ३२ अङ्कको गिरावट

 संवाददाता    २०८२, ३० असार सोमबार १५:५२     185 जनाले पढ़िसके



Spread the love

मौद्रिक नीतिपछिको सेयर बजार दोस्रो दिन घटेर बन्द भएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) ३५.०९ अङ्कले घटेर २७२५.७१ अङ्कमा झरेको हो । बजारमा आज ८ अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो ।

बजारमा आज कारोबार भएका कम्पनीमध्ये ९८ कम्पनीको मूल्य बढ्दा १५० कम्पनीको मूल्य घटेको छ । बजारमा आज हाइड्रोपावर समूह बाहेक सबै परिसूचकमा गिरावट देखिएको छ ।

सबैभन्दा धेरै गिरावट बैंकिङ समूहको २.३५ प्रतिशत भयो । विकास बैंक, फाइनान्स, जीवन बीमा, माइक्रो फाइनान्स तथा अन्य समूहका परिसूचक समेत १ प्रतिशत भन्दा धेरैको गिरावट आएको छ ।

आइतबार बजारमा बैंकिङ, विकास बैंक, वित्त कम्पनी र माइक्रोफाइनान्सका कारण बजार बढेको थियो । ती समूहका लगानीकर्ताले प्रोफिट बुक गर्न थाल्दा बजारले करेक्सनको बाटो देखिएको छ । आज बजारमा अधिकांश कम्पनीको सेयरको मागभन्दा बढी आपूर्ति थियो ।

बजार घटे पनि आज कुनै पनि कम्पनीमा नकारात्मक वा सकारात्मक सर्किट लागेनन् । बजारमा आज एनआरएन इन्फास्ट्रक्चरको ४० करोड ८८ लाख तथा बुटवल पावर कम्पनीको ३९ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार सङ्ख्याका आधारमा आज कुमारी बैंक सबैभन्दा अगाडि रह्यो ।