सर्लाहीमा दुई सवारी साधन आपसमा ठोकिएर भएको दुर्घटनामा पाँच जना घाइते

 संवाददाता    २०८२, ३० असार सोमबार १३:५४     274 जनाले पढ़िसके



Spread the love

सर्लाहीमा दुई सवारी साधन आपसमा ठोकिएर भएको दुर्घटनामा पाँच जना घाइते भएका छन्।

आज बिहान ईश्वरपुर नगरपालिका १२ र १३ को सीमा क्षेत्रमा पर्ने बाँके चोकदेखि दक्षिणतर्फ रहेको रेल्वे ट्रयाक नजिक श्रीनगर-बाँके सडक खण्डमा दुई सवारी साधन आसपमा ठोकिएका हुन्।

दुर्घटनामा मोटरसाइकल चालक ईश्वरपुर- १५ का २३ वर्षीय चन्द्रदेव धामी, मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २२ वर्षीय प्रशेस चौधरी र मोटरसाइकलकै पछाडि सवार सोही ठाउँका २१ वर्षीय अमित चौधरी घाइते भएका छन्।

त्यसैगरि दुर्घटनमा पिकअप चालक सर्लाहीको हरिवन नगरपालिका- ३ डाबरी टोल बस्ने ४० वर्षीय रामएकबाल महतो र हरिवन नगरपालिका- २ का ६५ वर्षीय लेखनाथ उपाध्याय पनि घाइते भएका छन्।

श्रीनगरबाट बाँके चोकतिर जाँदै गरेको प्र.०३-०२८ प २१९१ नम्बरको मोटरसाइकल र रेल्वे ट्रयाक हुँदै बयलबास तर्फबाट महोतरी तर्फ जादै गरेको बा.८ च ६५ नम्बरको पिकअप गाडी आपसमा ठोकिएका हुन्।

दुर्घटनापछि दुवै सवारी साधन जलेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। आगलागीबाट पिकअपको आगाडितर्फ र मोटरसाइकल पूर्णरुपमा जलेको छ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारको लागि लालबन्दी स्थित मोडेल अस्पतालमा पठाइएको प्रहरीले जनाएकाे छ।