चउरमा भेटिएको सकेट बम सेनाद्वारा निष्क्रिय

 संवाददाता    २०८२, ३० असार सोमबार १३:४५     690 जनाले पढ़िसके



Spread the love

जुम्लामा फेला परेको सकेट बम नेपाली सेनाले निष्क्रिय पारेको छ।

जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित जैइतपुरमा नेपाल प्रहरीको टोलीले गस्ती गर्ने क्रममा खुल्ला चउरमा सकेट बम फेला परेको थियो।

उक्त सकेट बम सोमबार नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित रुपमा निष्क्रिय पारेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।