ललितपुरबाट ५ लाख १९ हजार नगदसहित ११ जना जुवाडे पक्राउ

 संवाददाता    २०८२, ३० असार सोमबार १३:२१     253 जनाले पढ़िसके



Spread the love

ललितपुर महानगरपालिका–१६ स्थित कोणबहालबाट प्रहरीले ११ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । प्रेम महर्जनको घरमा सञ्चालित जुवा खालबाट ५ लाख १९ हजार ९ सय नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले बताए ।

आइतबार साँझ ललितपुर परिसरबाट खटिएको टोलीले जुवा खालमा छापा मारेको थियो । जुवा खालबाट पक्राउ पर्नेमा घरधनी श्रेष्ठ, ललितपुर घर भएका रवीन्द्र दाहाल, शंखर माली, चौठीमुनी बज्राचार्य, फुर्वा शेर्पा, कल्याण तामाङ, काभ्रे घर भएका केशव नेपाल, चितवन घर भएका वीरबहादुर वाइबा, ललितपुर घर भएका दिलेक बज्राचार्य, काठमाडौँ घर भएका गोकुलप्रसाद चौलागाईं र लक्ष्मी सुब्बा छन् ।