आफन्त नआउँदा भोटेकोशीमा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत भएन

 संवाददाता    २०८२, ३० असार सोमबार ११:२०     368 जनाले पढ़िसके



Spread the love

रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका गोरखाका दुई जनाका आफन्त शव सनाखत गर्न नआएको प्रहरीले जनाएको छ । बाढीमा कन्टेनर चालक गोरखा पालुङटार निवासी दिलबहादुर तामाङ र धनबहादुर विश्वकर्मा पुरिएर बेपत्ता भएका भनिए पनि हालसम्म शवको सनाखत गर्न आफन्त नआएका प्रहरीले जनाएको हो ।

गत असार २४ गते तिब्बतबाट कन्टेनरमा सामान ढुवानी गरिरहेका बेला अचानक भोटेकोशीमा बाढी आई कन्टेनरसहित ११ जना बेपत्ता भएका थिए ।

पालुङ्टार–६ गोरखाका भनिएका विक र तामाङ रसुवागढी भन्सार कार्यालय टिमुरेमा कन्टेनर चालकका रूपमा कार्यरत थिए । हाल विभिन्न व्यक्तिको शव फेला परिरहेको र मुचुल्का गरी रसुवा जिल्ला अस्पतालको शवगृहमा राखिएका छन्, तर शव सनाखत गर्न गोरखाका कोही सम्पर्कमा नआएपछि पहिचान गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी उपरीक्षक (एसपी) भरतबहादुर विकले बताए ।

शव सनाखत तथा दाबी गर्न कोही नआएपछि जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरिएको उनले जानकारी दिए ।