भक्ती रिजाल -सर्लाही; हरिवन नगरपालिका वडा नम्बर ११ मा रहेको स्वर्गीय नवराज घिमिरेको घरमा हरेक दिन मान्छेको बाक्लो भिड देखिन्छ । घिमिरेको घरको भित्तामा श्रद्धाञ्जली लेखिएका दर्जनौ फ्रेम टाँसिएका छन् । हरिवनका स्थाननीय राजनीतिक दलका ब्यक्ती लगायत ब्यापारीहरु घिमिरेको घरमा पुग्छन् र परिवारलाई सान्त्वना दिन्छन् ।
नबराज घिमिरे `नवराज भाडा पसल´का संचालक थिए । मृदुभाषी, हसिला एबं परोपकारी घिमिरेको क्यान्सरका कारण निधन भए संगै हरिवन बजारको जग बसाउने मध्येका एक इमान्दार ब्यक्ती ढलेको स्थानीय ब्यापारीको बुझाइ छ ।

नबराज घिमिरेलाई नजिकबाट चिनेका पुराना ब्याबसायी लक्ष्मण खड्का भन्छन् ,”कसैसँग पनि नरिसाउने असल अनि इमान्दार ब्याबसायीको निधनले हरिवनलाइ ठूलो क्ष्यती पुगेको छ , जुन परिपुर्ति हुन गार्हो छ ।”
नेकपा (एमाले) हरिवन नगर अध्यक्ष सिताराम पोख्रेल भन्छन् ,”नवराज घिमिरेले समाजलाई दिएको योगदान र घिमिरेको सादगीपन हाम्रो समाजको दर्पण हो जसलाई बचाइ राख्नु पर्छ ।”
हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल) भन्छन् ,”एक इमान्दार त्यागी अनि सरल व्यावसायि घिमिरेको इमानलाई सबैले अनुशरण गर्नु पर्छ ।”
घिमिरेको क्यान्सरका कारण केही दिन अगाडी भारतको दिल्लीमा निधन भएको थियो ।
घिमिरे हरिवन सेवा समाजका संस्थापक थिए भने उध्योग बार्णिज्य संघ हरिवन तथा सामुदायिक रेडियो सर्लाहीका पनि संस्थापक थिए ।
युवा ब्यबसायी दिनेश केसी घिमिरेलाई संझदै भन्छन् ,” व्यापार ब्याबसायमा अगाडि बढ्न नबराज दाजुले दिने ढाडस अब सम्झना मात्रै हुने भयो ।”
स्वर्गीय नवराज घिमिरेका श्रीमती, छोरा ,बुहारी तथा एक छोरी छन् ।