तनहुँमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ

 संवाददाता    २०८२, ३० असार सोमबार ०७:४७     219 जनाले पढ़िसके



Spread the love

तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ५ साउनेपानीस्थित दिलमाया आलेको घरमा भाडामा बस्ने कमल रानाले सञ्चालन गरेको कटेजबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको छ।

विशेष सूचनाको आधारमा गत असार २८ जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूबाट चार बुक तास र नगद रु ६३ हजार २६० रुपैयाँ बरामद गरिएको छ।

पक्राउ पर्नेहरूमा निम्न व्यक्तिहरू रहेका छन्:

जिल्ला दैलेख, ढुङ्गेश्वर गाउँपालिका वडा नं. १ घर भई हाल शुक्लागण्डकी नगरपालिका वडा नं. ५ बेलचौतारा बस्ने वर्ष ३५ का इन्द्र बहादुर डाँगी।
जिल्ला तनहुँ, म्याग्दे गाउँपालिका वडा नं. ५ साउनेपानी बस्ने वर्ष ४० का कमल राना।
जिल्ला तनहुँ, शुक्लागण्डकी नगरपालिका वडा नं. ७ नमुना बस्ती बस्ने वर्ष ५५ का अङ्ग बहादुर तामाङ।
सोही वडा नं. ७, खैरेनीटार बस्ने वर्ष ५१ का उपेन्द्र तिम्सिना।
भिमाद नगरपालिका वडा नं. ८ भाँगर बस्ने वर्ष ४५ का राजु थापा।
भिमाद नगरपालिका वडा नं. ८ भाँगर बस्ने वर्ष ५२ का केशवराज कँडेल।
पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय, बेलचौतारा, तनहुँमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिएका छन्।