अवैध विदेशी मुद्रा भेटिएपछि विमानस्थलबाटै पक्राउ

 संवाददाता    २०८२, २९ असार आईतवार १९:५९     243 जनाले पढ़िसके



Spread the love

नेपालबाट बैंकक जान लागेका नागरिकको साथबाट प्रहरीले विभिन्न मुलुकका अवैध मुद्रा बरामद गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अवैध विदेशी मुद्रासहित नागार्जुन नगरपालिका–१५, कारखाना चोकका ४६ वर्षीय प्रेम गुरुङलाई पक्राउ गरेको हो ।

 

प्रहरीका अनुसार, थाइ एयरवेजको उडानमार्फत काठमाडौंबाट बैंकक जान लागेका उनलाई अन्तर्राष्ट्रिय उडानतर्फको ह्यान्ड ब्यागेज एरियामा जाँच गर्ने क्रममा झोलामा बरामद रकम भेटिएको थियो ।

उनको साथमा १३ हजार युरो, २३ हजार ५ अमेरिकी डलर, ६ हजार स्वीस फ्रान्क र १० हजार ८ सय ७० थाई भाट फेला पारी पक्राउ प्रहरीले जनाएको छ ।

 

अवैध रकम फेला परेपछि प्रहरीले उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, पुल्चोक पठाइदिएको छ ।

थप अनुसन्धान जारी छ ।