चोभारमा पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु

 संवाददाता    २०८२, २९ असार आईतवार १९:५६     305 जनाले पढ़िसके



Spread the love

काठमाडौंको कीर्तिपुर नगरपालिका–६, चोभारमा पानी जमेको खाल्डोमा डुबेर एकजना बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दोलखा स्थायी घर भइ काठमाडौं महानगरपालिकाको कुलेश्वरमा बस्दै आएका ११ वर्षीय विवेश तामाङ छन् ।

खाल्डोमा डुबेर घाइते भएका उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, गम्भीर अवस्थामा उद्दार गरेर उनलाई अस्पताल लगिएको थियो । उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।