रास्वपा लक्षित महासचिव पोखरेलको टिप्पणी: सरकारमा नलगेपछि एमालेमाथि प्रहार सुरु भयो

 संवाददाता    २०८२, २९ असार आईतवार १९:१५     216 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग बनेको सरकारमा आफूलाई सहभागी नगराउने भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एमालेमाथि प्रहार गर्न सुरु गरेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार विधान महाधिवेशनको सन्दर्भमा आयोजित केन्द्रीय विभागहरूको भेलालाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिमा मूल धारका राजनीतिक दलहरूको विकल्पको रूपमा आउन खोजेकाहरूले जनतामा सामाजिक सञ्जालको माध्यमबाट निराशाको खेती गरेको आरोप लगाए ।

उनले नयाँको परीक्षण छिटो हुन दिनुपर्छ भनेर नै नेकपा एमालेले उनीहरूले मागेको मन्त्रालय पहल गरेर दिएको बताए ।

त्यो बेलासम्म रास्वपाका नेताहरूको भरोसाको केन्द्र नै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भएको र उनीहरूको उठबस नै एमाले अध्यक्षको घर रहेको जिकिर गरे ।

महासचिव पोखरेलले आज रवि लामिछाने थुनामा जानुको कारण तल्लो अदालतको फैसलाको चित्त नबुझेर माथिल्लो अदालतमा जानुको परिणाम भएको बताए ।