एक वर्षमा बालेनले निवारण गरे ४८ विवाद

 संवाददाता    २०८२, २९ असार आईतवार १६:४२     210 जनाले पढ़िसके



Spread the love

काठमाडौँ महानगरपालिकामा चालु आर्थिक वर्ष २०८१/०८२ मा आएको विभिन्न विवादहरु निरुपण भएको छ ।

महानगरका मेयर बालेन्द्र शाह(बालेन)को इजलासमा आएको १३५ वटा विवाद मध्ये ४८ वटा निरुपण भएका छन् ।

यस्तै न्यायीक समितिको इजलासमा पेश भएको २८१ वटा विवादमध्ये ७७ वटाको मिलापत्र प्रमाणित भएको छ ।

यस्तै प्रमुख प्रशासकीय अधिकृतको इजलासमा १० वटा विवाद आएको ३ वटा विवाद निरुपण भएको नीति तथा कार्यक्रममा उल्लेख छ ।