रसुवा बाढीमा १७ जना अझै बेपत्ता

 संवाददाता    २०८२, २९ असार आईतवार १५:२१     315 जनाले पढ़िसके



Spread the love

रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता ११ जनाको शव फेला परेको छ ।

सरकारले आइतबारसम्म ११ जनाको शव फेला परेको जानकारी दिएको हो । आइतवार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले हालसम्म ११ जनाको शव फेला परेको बताएका हुन् । उनले कुनै मानव अंग मात्रै पनि फेला परेको बताए। अहिलेसम्म पनि १७ जना बेपत्ता रहेको जानकारी उनले जानकारी दिए ।

उनका अनुसार उक्त घटनाको खोज, उद्धारका लागि १ हजार ९ सय ५० जना सुरक्षाकर्मी परिचालित गरिएको छ । स्थल उद्धार ७ सय ४९ जना, हवाई उद्धार २ सय जनाको भएको बताए । २३ वटा कार्गो सेन्टर कन्टेनर ट्रक, ४७ वटा विद्युतीय गाडी, ६ वटा सिंगो सवारीहरु बगेको उनले जानकारी गराए ।

यसैगरी २ वटा पुल पूर्ण रुपमा क्षति भएको र एउटामा आंशिक क्षति पुगेको बताए ।