सुशासनका लागि बनेको सरकारको छातीमा कुशासनको तक्मा थपियो : किराती

 संवाददाता    २०८२, २९ असार आईतवार १४:३३     285 जनाले पढ़िसके



Spread the love

नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किरातीले सुशासनको लागि बनेको सरकारको छातीमा कुशासनको तक्मा थपिएको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै सांसद किरातीले सामान्य प्रशासन मन्त्री र भूमिसुधार मन्त्रीको बारेमा सर्वत्र मिडियामा आएको कुरा के हो ? भन्दै प्रश्न गरे ।

उनले स्पेनमा प्रधानमन्त्री सहभागी कार्यक्रममा मानवीय तस्करी भएपछि अन्तर्राष्ट्रिय मञ्चमा देशको छविमा गम्भीर प्रश्न उठाएको बताए ।

‘स्पेनमा आयोजित प्रधानमन्त्री नै सहभागी हुनुभएको कार्यक्रममा फेरि मानव तस्कर जस्तो जघन्य अपराध भयो,’ किरातीले भने, ‘जसले देशको छविमाथि अन्तर्राष्ट्रिय मञ्चमा गम्भीर प्रश्न उठाएको छ । यसमाथि सत्य तथ्य छानबिन गरियोस् र दोषीलाई कारबाही गरियोस् ।’

पछिल्ला यी घटनाले संसदमा प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न भन्ने वाक्य आफूले सम्झिएको किरातीले बताए ।