छाउपडी प्रथाबाट महिलाहरूले अकालमा मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्न मिजारको माग

 संवाददाता    २०८२, २९ असार आईतवार १४:३०     130 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसकी सांसद सिता मिजारले छाउपडी प्रथाको अन्त्य गर्दै महिलाहरूले अकालमा मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारसँग माग गरेकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद मिजारले समाजको कलंकको रूपमा रहेको छाउपडी प्रथाको अन्त्य गर्न तत्कालै उचित कदम चाल्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका एकमा छाउ गोठमा सुतेको बेला सर्पले डसेर २८ वर्षीय कमला आउजीको मृत्यु भएपछि सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

उनले नुवाकोटका अधिकांश किसान डीएपी र युरिया मलको चरम अभावसँग जुधिरहेको बताउँदै किसानहरूलाई सहज रूपमा सरकारी मूल्यमा नै मल प्राप्त गर्ने कुराको सुनिश्चित गर्न आग्रह गरिन् ।

मिजारले सरकारी गोदाममा मल नपाइने, तर बजारमा भने दोब्बर मूल्यमा त्यही मल सजिलै पाइने किसानहरूको गुनासो रहेकाले यस सम्बन्धमा तत्कालै छानबिन गरी कालाबजारीलाई प्रोत्साहन गर्ने दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग आग्रह गरिन् ।