मोरङमा करिब ३ हजार १ सय ५० किलो गाँजा बरामद भएको छ । जिल्लाको कटहरी गाउँपालिका–३ कटहरी चोकबाट करिब ३ हजार १ सय ५० किलोग्राम गाँजा गए राति प्रहरीले बरामद गरेको हो ।
प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरीले को.१ ख. ४५१८ नम्बरको ट्रक तलासी गर्दा १ सय ५ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । गाँजा लिएर आएका चालक प्रहरीलाई देखे लगत्तै फरार भएका थिए ।
प्रहरीले हाल फरार ट्रक चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।