काठमाडौँमा साझाका एकसय वटा विद्युतीय बस थपिँदै

 संवाददाता    २०८२, २९ असार आईतवार १०:४९     232 जनाले पढ़िसके



Spread the love

आगामी दसैँअगावै काठमाडौँ उपत्यकामा साझाका थप एकसय वटा विद्युतीय बस सञ्चालन हुने भएको छ।

सरकारले चीनबाट ल्याएर थप एकसय वटा बस साझा यातायातलाई सञ्चालन गर्न दिन लागेको हो।

आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले साझा यातायातलाई थप एकसय विद्युतीय स्मार्ट बस उपलब्ध गराउने घोषणा गरेका थिए।

साझा यातायात सहकारी लिमिटेडमा नेपाल सरकारको ९९ प्रतिशत सेयर लगानी छ।

साझाले काठमाडौँ उपत्यका बाहेक लमो दूरीमा समेत बस सञ्चालन गर्दैै आएको छ। साझा यातायातमा काठमाडौँ र ललितपुर महानगरपालिकाकाेसमेत लगानी छ।