मौद्रिक नीति: घट्यो बैंक दर र नीति दर

 संवाददाता    २०८२, २७ असार शुक्रबार १५:११     255 जनाले पढ़िसके



Spread the love

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै बैंक दर ६ प्रतिशतले, निक्षेप संकलन दर २.७५ र नीतिगत दर ४.५ कायम गरेका छन् ।

गभर्नर पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै अर्थतन्त्रलाई सहज बनाउन सजगतापूर्वक नरम बनाएको बताए । राष्ट्र बैंकले निजी क्षेत्रमा जाने कर्जा बिस्तारको लक्ष्य १२ प्रतिशत राखिएको उनले बताए।