काठमाडौँ महानगरपालिकाले २५ अर्बको बजेट ल्याउने

 संवाददाता    २०८२, २७ असार शुक्रबार १३:५६     333 जनाले पढ़िसके



Spread the love

काठमाडौँ महानगरपालिकाले २५ अर्बको सीमामा रहेर आगामी आर्थिक वर्ष ०८२/०८३ को बजेट ल्याउने भएको छ। महानगर प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा शुक्रबार बसेको राजश्व परामर्श समितिको बैठकले बजेटको सीमा निर्धारण गरेको हो।

बैठकमा मेयर शाहले जनचाहना अनुरुप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिए।

चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णय समेत गरेको छ।

आजै बस्ने ४० औँ नगरकार्यपालिका बैठकले बजेट ल्याउने मिति तय गर्नेछ।