एसईईमा ४ जिपिए ल्याउनेलाई जेभियरको पूर्ण छात्रवृत्ति

 संवाददाता    २०८२, २७ असार शुक्रबार १२:४४     255 जनाले पढ़िसके



Spread the love

काठमाडौं । कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजले यस वर्षको एसईई परीक्षामा शत प्रतिशत अर्थात ४ जिपिए ल्याउने १७ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ ।

जेभियर इन्टरनेशनल कलेजलाई उत्कृष्ट शैक्षिक स्थलका रूपमा छनौट गरेर पढ्न आएका सर्वोत्कृष्ट विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति दिइएको कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले बताए । ४ जिपिए ल्याउने विद्यार्थीले जेभियरमा ए लेभल र ११ कक्षाका विभिन्न सङ्कायमा अध्ययन थालिसकेको बताए ।

त्यस्तै कलेजले काठमाडौं महानगरपालिकासँगको समन्वयमा थप १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भण्डारीले बताए । यसका लागि यही असार ३० गते छात्रवृत्ति प्रवेश परीक्षा रहेकाले बिहान १० बजे कलेजमा उपस्थित भएर जेभियरमा छात्रवृत्तिमा अध्ययन गर्न कलेजले आह्वान गरेको छ ।

‘अबको सपना पूरा हुनेछ जेभियर इन्टरनेशनल कलेजसँग’ भन्ने उद्घोषसहित कलेजले छात्रवृत्तिको स्किम अघि सारेको हो ।