आज राति ललितपुरका केही ठाउँमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुने भएको छ।
नेपाल दूरसञ्चार कार्यालय पाटन अन्तर्गतका आधा दर्जन ठाउँमा सेवा अवरुद्ध हुनसक्ने नेपाल टेलिकम दूरसञ्चार कार्यालय पाटनले जनाएको छ।
पाटन कार्यालय अन्तर्गतका नखिपोट शिवचोक, विशाल चोक, मिलन चोक, एकता मार्ग, चापागाउँ दोबाटो, खुमलटार, सातदोाबाटो लगायतका क्षेत्रहरुमा सञ्चालित फाइवर टु द होम नेटवर्कको आन्तरिक मर्मत संम्भार कार्य गर्नुपर्ने भएकाले आज राति ११ बजेदेखि भोली बिहान ६ बजेसम्म उक्त क्षेत्रमा टेलिफोन, इन्टरनेट र टिभी सेवा अवरुद्ध हुन सक्ने सूचनामा उल्लेख छ।
निर्धारित समयभन्दा अघिपछि सेवा सुचारु नभएमा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न पनि कार्यालयले सबैमा अनुरोध गरेको छ।
हेर्नुहाेस् सूचना
