पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध

 संवाददाता    २०८२, २७ असार शुक्रबार ११:२८     169 जनाले पढ़िसके



Spread the love

पहिरो खसेपछि कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ।

गुल्मीकाे कालीगण्डकी गाउँपालिका-६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

सडकमाथिबाट ठूलाे चट्टानसहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। सडकको अवरोध हटाउन प्रहरीचौकी भुर्तुङबाट प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए।

तर अहिले पनि निरन्तर पहिरो खसिरहेकाले तत्काल पहिरो पन्छाउन असम्भव देखिएको छ।