माओवादी पदाधिकारी बैठक : १५ जना वैकल्पिक केन्द्रीय सदस्य नेसपाबाट समायोजन गर्ने निर्णय

 संवाददाता    २०८२, २६ असार बिहीबार २०:३४     225 जनाले पढ़िसके



Spread the love

नेकपा माओवादी केन्द्रले नेपाल समाजवादी पार्टीका १५ जनालाई वैकल्पिक केन्द्रीय सदस्यमा समायोजन गर्ने भएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबिच सम्पन्न एकतापश्चातको पदाधिकारीको बैठकले १५ जना वैकल्पिक केन्द्रीय सदस्यहरू नेसपाको तर्फबाट समायोजन गर्ने निर्णय गरेको माओवादी केन्द्रका सचिव गंगानारायण श्रेष्ठले जानकारी दिए ।

यी हुन् नेसपाबाट वैकल्पिक केन्द्रीय सदस्यमा समायोजन भएका १५ जना

१) कृष्ण कुमार भण्डारी (काभ्रे)

२) मीनबहादुर दर्जी (झापा)

३) कृष्ण सापकोटा (बागलुङ)

४) मोदनाथ तिमल्सिना (सिन्धुली)

५) प्रमिला यादव (धनुषा)

६) मेघराज तामाङ (रामेछाप)

७) डा. जयनारायण यादव (सिरहा)

८) राजु महर्जन (काठमाडौँ)

९) टीका कन्दङ्वा (तेह्रथुम)

१०) अनिता थिङ (काभ्रे)

११) शंकर अधिकारी (धादिङ)

१२) बद्री विलास मिश्र (लमजुङ)

१३) शोभा माझी (सिन्धुली)

१४) राकेश साह (महोत्तरी)

१५) राजन कुमार दनुवार (डोने) (उदयपुर)

साथै एकता प्रक्रियामा पछिल्लो पटक नेसपा (नयाँ शक्ति) बाट समायोजित हेमबहादुर थापा (कास्की) पूर्ण केन्द्रीय सदस्य र कास्कीका राजु क्षेत्रीलाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय भएको सचिव श्रेष्ठले बताए ।