झन्डै २६ अङ्कले बढ्यो सेयर बजार, कति भयो कारोबार ?

 संवाददाता    २०८२, २६ असार बिहीबार १७:१२     138 जनाले पढ़िसके



Spread the love

साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार झन्डै २६ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार बजार २६.८९ अङ्कले बढेर २ हजार ७३१.८० को बिन्दुमा पुगेको हो ।

यस दिन कुल २ करोड ६४ लाख ७० हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

यसैगरी उपसूचकतर्फ हाइड्रो र व्यापार उपसमूहको सेयरमा गिरावट आउँदा अन्य समूहको सेयर वृद्धि भएको छ ।

नेप्से वृद्धि भएको दिन सबैभन्दा बढी सेयर एनआरएनए इन्फ्रास्टक्चरको किनबेच भयो ।