निजामती विधेयकमा भएको गडबडी छानबिन समितिका सदस्यहरूले गरे सभामुखसँग छलफल

 संवाददाता    २०८२, २६ असार बिहीबार १२:४८     225 जनाले पढ़िसके



Spread the love

सभामुख देवराज घिमिरे र संघीय निजामती सेवा विधेयकमा भएको त्रुटिको विषयमा छानबिन गर्न गठित विशेष समितिको टोलीबीच छलफल भइरहेको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी छलफल समितिको कार्यविधि, कार्ययोजना लगायत विषयमा केन्द्रित रहेको एक सदस्यले बताए ।

 

राज्यव्यवस्था समितिबाट पास भएको विधेयक प्रतिवेदनमा दुई वर्षे कुलिङ पिरियडको व्यवस्था राखिएको तर प्रतिनिधिसभाबाट पास भएर आउँदा हेरफेर भई कुलिङ पिरियड निष्प्रभावी बनाएको खुलासा भएपछि सात सदस्यीय संसदीय विशेष समिति गठन भएको थियो ।

समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य तथा माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की छन् ।

 

संसद्‌को ठूलो दलको हिसाबले समितिको नेतृत्व कांग्रेसले दाबी गरे पनि दलहरूबीच सहमति हुन सकेको छैन । सभामुखसँगको भेटमा समितिको नेतृत्वको विषयमा पनि छलफल हुनसक्ने स्रोतले बतायो ।