बाढीमा बेपत्ता २० जनामध्ये १ प्रहरीको सनाखत, ४ शव र ४ मानव अंग त्रिवि शिक्षण अस्पतालमा

 संवाददाता    २०८२, २६ असार बिहीबार १०:३४     251 जनाले पढ़िसके



Spread the love

मंगलबार बिहान रसुवागढीस्थित भोटेकोसी नदीमा अचानक आएको बाढीमा परी बेपत्ता २० जनामध्ये अहिलेसम्म एक जनाको शव मात्र पहिचान भएको छ।

रसुवा जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले आज (बिहीबार) बिहान १० बजे दिएको जानकारीअनुसार चितवनको १५ किलोस्थित त्रिशूली नदी किनारमा मृत भेटिएकाप्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको मात्र सनाखत भएको हो।

उनको समेत हालसम्म ५ वटा शव र चार जनाको मानव अंग फेला परेको उनले बताए।

सबै शव तथा मानव अंग काठमाडौँको महारा‍जगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए। ती कसका शव तथा मानव अंग कसका हुन् भन्ने पत्ता लगाउने प्रयास जारी छ।

बाढीमा बेपत्तामध्ये अझै १९ जनाको अवस्था थाहा हुन बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए।

बाढीमा अझै २ प्रहरी, ६ चिनियाँ नागरिक र ११ नेपाली बेपत्ता छन्।

बाढीले नेपाल-चीन सीमा क्षेत्रको मितेरी पुल, २४ वटा कन्टेनर, ६ वटा ट्रक र ३५ वटा इभी गाडी बगाएको छ।

धुन्चेदेखि टिमुरे जाने सडक बन्द छ।

रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालय रसुवाको यार्डमा पनि क्षति भएको छ।

बेपत्ताहरू पत्ता लगाउन विभिन्न जिल्लाका नदी तटीय क्षेत्रमा खोजी जारी राखिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सञ्जय सिंह थापाले बताएका छन्।

विस्तृत जानकारी तल: