माओवादीसहित १२ राजनीतिक घटकले शुक्रबार काठमाडौँमा जनप्रदर्शन गर्ने

 संवाददाता    २०८२, २६ असार बिहीबार ०९:०८     280 जनाले पढ़िसके



Spread the love

प्यालेस्टाइनमाथि इजरायलले ज्याजदी गरेको भन्दै नेकपा माओवादी केन्द्रसहित १२ वटा राजनीतिक घटकहरूले असार २७ गते अर्थात शुक्रबार काठमाडौँमा संयुक्त जनप्रदर्शन गर्ने भएका छन् ।

माओवादी केन्द्रका महासचिव देव गुरुङद्वारा जारी सर्कुलरअनुसार, इजरायली सरकारले अमेरिकी साम्राज्यवादको संरक्षणमा गाजा लगायतका क्षेत्रमा आक्रमण र मानवअधिकार उल्लङ्घन गरेको भन्दै यो प्रदर्शनको आयोजना गरिएको हो ।

सामाजिक तथा राजनीतिक रूपमा यो विषयमा साझा धारणा राख्ने १२ वटा राजनीतिक दलहरूबिच असार २३ गते संयुक्त बैठक बसेको थियो ।

उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा साझा प्रदर्शनको तयारी गरिएको माओवादीको भनाइ छ ।