रसुवामा आएको बाढीको कारणले अलपत्र परेका र जोखिममा रहेका नागरिकहरूको स्थानीय प्रशासनले उद्धार गरेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार विपद्मा परेको १३६ जनालाई हेलिकप्टरको ३४ फ्लाइट मार्फत उद्धार गरिएको छ ।
‘अधिकांश विदेशीहरू हुनुहुन्छ, उहाँहरूलाई हामीले त्यहाँ टिमुरे एरियाबाट काठमाडौँको प्राइभेट हेलिसँग समन्वय गरेर रेस्क्यु गर्यौँ,’ प्रजिअ पौडेलले भने ।
उनले आज बिहानदेखि तीन वटै सुरक्षा निकायको संयोजनमा बाढीले फसेका मान्छेहरू, करिब १५० भन्दा बढीलाई रेस्क्यु गरेको बताए ।
‘हाम्रो सुरक्षाकर्मीले बाटो बनाउँदै, त्यसपछि उनीहरूलाई रेस्क्यु गरी स्कर्टिङ गर्दै सुरक्षित स्थानमा लगेका छौँ,’ पौडेलले भने ।