छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

 संवाददाता    २०८२, २५ असार बुधबार १३:४१     202 जनाले पढ़िसके



Spread the love

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ । काठमाडौँ, कैलाली, उदयपुर लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको हो ।

काठमाडौँको टोखा नगरपालिका–६ ग्राण्डीस्थित सडकमा बा.प्र ०१–००२ ज ७३७८ नम्बरको ईभी माइक्रो र बा.प्र. ०२–०४४ प ६४०५ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक सर्लाही हरिवन नगरपालिका–१ घर

भएका २४ वर्षीय सोनाम योन्जनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्राण्डी अस्पताल टोखामा उपचारको क्रममा मृत्यु भएको हो । ईभी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै कैलालीको घोडाघोडी नगरपालिका–५ डोकेबजारस्थित सडकमा से.७ प ७०८९ नम्बरको मोटरसाइकल र सुपप्र–०१–०१० प ८४०५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई मङ्गलवार साँझ दुर्घटना हुँदा सुपप्र ०१–०१० प ८४०५ नम्बरको मोटरसाइकलमा सवार सोही नगरपालिका–१२ कोटा बस्ने २३ वर्षीय नोयल कठरीयाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्तताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका से.७ प ७०८९ नम्बरको मोटरसाइकल सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने सुपप्र–०१– ०१० प ८४०५ नम्बरको मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि निसर्ग अस्पताल धनगढी रिफर गरिएको छ ।

त्यसैगरी उदयपुरको बेलका नगरपालिका–८ स्थित सडकमा बोप्ताङबाट सोमबारेतर्फ जाँदै गरेको को–३८ प ९८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मङ्गलवार साँझ दुर्घटना हुँदा चालक मोरङ घर भएका ३२ वर्षीय अनिल राजवंशीको मृत्यु भएको छ । दुर्घटनामागम्भीर घाइते भएका विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यता काभ्रेको नमोबुद्ध नगरपालिका-२ सेल्फी डाँडास्थित सडकमा बा.४ ख ७१ नम्बरको बस र बा.७१ प ६८८० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई मङ्गलवार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक नमोबुद्ध नगरपालिका–२ बस्ने २३ वर्षीय पासाङ तामाङ र मोटरसाइकलमा सवार २२ वर्षीय विजय तामाङको मङ्गलवार राति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

चितवन, रत्ननगर नगरपालिका–३ भ्युटावरस्थित सडकमा ना.६ ख ७७६३ नम्बरको बसको ठक्करबाट साइकल यात्री सोही नगरपालिका-४ बस्ने ५५ वर्षीय बाबुराम महतोको मङ्गलवार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल

कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।