जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

 संवाददाता    २०८२, २५ असार बुधबार १३:११     147 जनाले पढ़िसके



Spread the love

कास्कीमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१४ डेरा गरी बस्ने लम्जुङ घर भएकी ४३ वर्षीया पसकुमारी गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरुङ समेत ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार ३ सय ६० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।