चिनियाँ भूमिमा अनुमतिविना रोकिएको सेनाको हेलिकप्टर फर्कियो

 संवाददाता    २०८२, २५ असार बुधबार १३:०१     879 जनाले पढ़िसके



Spread the love

रसुवास्थित भोटेकोसीमा फसेका बाढी प्रभावितलाई उद्धार गर्ने क्रममा चिनियाँ भूमिमा रोकिएको नेपाली सेनाको हेलिकप्टर फर्किएको छ। बुधबार सेनाको सानो हेलिकप्टर चिनियाँ भूमिमै रोकिएको थियो। सेनाले सामान्य प्राविधिक समस्या आएको दाबी गरे पनि चिनियाँ भूमिमा अनुमतिविना जाँदा रोकिएको स्थानीय सुरक्षा स्रोतले जानकारी दिएको छ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले हेलिकप्टर बुधबार बिहानै फर्किसकेको बताए। फर्किएपछि पनि उनक्त हेलिकप्टर रसुवास्थित बाढी प्रभावित क्षेत्रमा परिचालन गरिएको थियो।

प्रभावित क्षेत्रमा अवरुद्ध सडक मर्मतको काम नेपाली सेनाले बुधबार बिहानैबाट सुरु गरिसकेको छ। हेलिकप्टरबाट प्रभावितथ क्षेत्रमा रेकी गर्ने काम पनि भइरहेको सहायक रथी बस्नेतले बताए।

उक्त बढीमा परेर २० जना बेपत्ता भएका थिए। ती मध्ये असई लालबहादुर श्रेष्ठको शवको सनाखत भएको छ। अरु शव पनि धादिङ, नुवाकोट र चितवनमा फेला परेका छन्। तर सनाखत भइसकेको प्रहरीले जानकारी दिएको छ। बेपत्ताको खोजि कार्य पनि सुरक्षा निकायले जारी राखेको छन्।