कलाक्षेत्रका कतिपयलाई वर्षाैसम्म पनि सफलता मिल्दैन

 संवाददाता    २०८२, २५ असार बुधबार १३:०१     228 जनाले पढ़िसके



Spread the love

कलाक्षेत्रका कतिपयलाई वर्षाैसम्म पनि सफलता मिल्दैन । कतिपयको भने छोटो समयमै राम्रो उडान भर्न सफल हुन्छन् । ती मध्यकी एक हुन् अभिनेत्री सनिशा भट्टराईले ।

सनिशा केही वर्षअघि मात्र म्युजिक भिडियो मार्फत कलाक्षेत्रमा देखिएकी थिइन् । फिल्म भने उनले गतवर्षको ‘१२ गाउँ’बाट डेब्यु गरेकी हुन् । उनी अभिनीत दोस्रो फिल्म ‘नरसिंहा अवतार’ हालै प्रदर्शनमा आएको थियो । छोटो समयमै अभिनयमा राम्रो चर्चा पाउन सफल उनी अहिले फिल्मबाट नाटकमा फड्को मार्न सफल भएकी छिन् ।

कान्तिपुर थिएटरले मञ्चन तयारी गरेको पारिजातको चर्चित उपन्यास ‘शिरीषको फूल’ माथिको नाटकमा उनले ‘सकम्बरी’को मुख्य भूमिका निर्वाह गर्न लागेकी छन् । नाटकको अहिले कार्यशाला चलिरहेको छ । जसमा उनी जुटिरहेकी छन् ।

नाटकमा सनिशाको अपोजिटमा एक समयका चर्चित अभिनेता जीवन लुइँटेल देखिँदै छन् । जीवनले नाटकमा सुयोगवीरको भूमिका निर्वाह गर्नेछन् ।

साउन पहिलो सातादेखि नाटकको मञ्चन सुरु हुने कान्तिपुर थियटरका सिइयो प्रकाश पुरीले जानकारी दिए ।