माल्टाको समुद्रमा डुबेर एक नेपाली युवाको मृत्यु

 संवाददाता    २०८२, २५ असार बुधबार १२:२८     365 जनाले पढ़िसके



Spread the love

रोजगारीको सिलसिलामा माल्टामा रहेका नवलपरासी (पूर्व) का २४ वर्षीय रोबर्ट न्यौपाने (एलिश) को समुद्रमा डुबेर मृत्यु भएको छ।

स्थानीय समय अनुसार मंगलबार बिहान १ बजे माल्टाको स्लेइमा बिच साइडमा पौडी खेल्ने क्रममा डुबेर उनको ज्यान गएको गैरआवासीय नेपाली सङ्घ माल्टाका अध्यक्ष रेम्स खनालले जानकारी दिए । हाल ओर्मी क्षेत्रमा बसोबास गर्दै आएका न्यौपाने विगत २० महिनादेखि माल्टामा कार्यरत थिए।

न्यौपानेको पार्थिव शरीर नेपाल पठाउन आर्थिक सहयोग आवश्यक परेकाले सहयोग सङ्कलन सुरु गरिएको जनाइएको छ।