अवैध हतियारसहित एक दाङबाट युवक पक्राउ

 संवाददाता    २०८२, २५ असार बुधबार ११:५६     227 जनाले पढ़िसके



Spread the love

दाङको घोराही उपमहानगरपालिका–१५ स्थित बिपी चोक नजिकै रहेको लोटस तालिम केन्द्रको होस्टेलबाट प्रहरीले अवैध हतियारसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।

सल्यानको कपुरकोट गाउँपालिका–३, फलाटे घर भई हाल लोटस तालिम केन्द्रमा तालिम लिइरहेका १९ वर्षीय अजय विकलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।

अवैध हतियार तथा गोली लुकाएको भन्ने गोप्य सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले बुधबार जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले अजय बिक सुत्ने खाटमुनि राखिएको कालो रङ्गको जोर्डन लेखिएको पछाडि भिर्ने झोलाभित्र लुकाइ राखिएको अवस्थामा ० दशमलव ३२ बोर क्षमताको एउटा पेस्तोल, सो पेस्तोलमा प्रयोग हुने चार वटा गोली र सात राउन्ड क्षमताको एउटा म्यागेजिन फेला पारेको जनाएको छ । ती हतियारसहित विकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।