अमेरिकाको टेक्सासमा बाढी आएको यतिका दिन बितिसक्दा पनि त्यहाँको एउटै काउन्टीमा अझै १६१ जना बेपत्ता छन् । अचानक आएको विनाशकारी बाढीले गएको हप्ता राज्यमा वितण्डा मच्चाएको थियो ।
केर काउन्टीमा बेपत्ता हुनेमा समर क्याम्पका लागि भनेर गएका पाँच जना क्याम्पर र एक काउन्सलर पनि छन् । बाढीका कारण राज्यभरमा कम्तीमा पनि १०९ जनाको मृत्यु भएको छ ।
यीमध्ये ९४ जना केर्भिल काउन्टीका भएको राज्यका गभर्नर ग्रेग अबोटले भनेका छन् । टेक्ससमा मात्रै होइन गएको हप्ता नयाँ मेक्सिकोमा पनि अचानक बाढी आएको थियो ।
उद्धारकर्मीहरूले बेपत्ताको खोजी कार्य तीव्र पारेका छन् । बेपत्ताहरू नभेटिएसम्म आकस्मिक टोलीका सदस्य नरोकिने उनले भनेका छन् ।