चितवनको गोबंदबस्ती क्षेत्रमा आकस्मिक बाढीको सम्भावना, सतर्कता अपनाउन आग्रह

 संवाददाता    २०८२, २५ असार बुधबार ०८:१०     232 जनाले पढ़िसके



Spread the love

जल तथा मौसम विज्ञान विभागले चितवन जिल्लाको कल्याणपुर वर्षा मापन केन्द्र, गोबंदबस्ती तथा आसपासका क्षेत्रमा पछिल्लो १ घण्टामा मध्यम वर्षा भएको जनाएको छ।

विभागले बुधबार बिहान १२:३० बजे एक सूचना जारी गर्दै ती क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने चेतावनी दिइएको छ। त्यसैले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सम्भावित बाढी र पहिरोबाट जोगिन जोखिमयुक्त क्षेत्रमा नजान र आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।