टोखामा माइक्रोको ठक्करबाट स्कुटर चालकको मृत्यु

 संवाददाता    २०८२, २५ असार बुधबार ०७:३२     281 जनाले पढ़िसके



Spread the love

काठमाडौँको टोखा नगरपालिका–६ स्थित ग्राण्डी सडक खण्डमा ईभी माइक्रोले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

मंगलबार दिउँसो दुर्घटनामा परेका सर्लाहीको हरिवन नगरपालिका–१ घर भएका २४ वर्षीय सोनाम योञ्जनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।

बा।प्र–०१–००२ ज ७३७८ नम्बरको माइक्रोले बा।प्र।–०२–०४४ प ६४०५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । उपचारको क्रममा योञ्जनको मृत्यु भएको हो ।

माइक्रो चालक टोखा घर भएका ३९ वर्षीय सुरेन सिलवाललाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।