एमालेले भन्यो– प्रधानमन्त्रीको भ्रमणबारे रास्वपा सांसद्को अभिव्यक्ति निराधार, कपोकल्पित र भ्रामक

 संवाददाता    २०८२, २४ असार मंगलवार १६:३९     266 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेले प्रधानमन्त्रीसँग स्पेन भ्रमणका गएकाहरू नफर्किएको भन्ने रास्वपाका सांसदको आरोपप्रति आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद सोविता गौतमले स्पेन भ्रमणका क्रममा प्रधानमन्त्रीसँगै गएका केहि व्यक्तिहरू नफर्किएको बताएका थिए ।

त्यसपछि बैठकमा एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको भ्रमणबारे रास्वपा सांसदको अभिव्यक्ति निराधार, कपोकल्पित र भ्रामक भएको भन्दै रेकर्डबाट हटाउन माग गरे ।

उनले प्रधानमन्त्रीको साथमा गएर नफर्कनको नामबारे संसद्लाई जानकारी गराउन समेत चुनौती दिए । बैठकमा सरकारप्रति उठेका विषयलाई दलका सांसदले जवाफ दिएको भन्दै माओवादी सांसदहरूले आपत्ति जनाएका थिए ।

माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सांसदले सरकारसँग माग गरेको प्रश्नको जवाफ सरकारकातर्फबाट प्रधानमन्त्री र मन्त्रीहरुले दिनुपर्ने बताए । त्यस्तै उनले सरकारको दबाबमा संसद्को कार्यसूची हटाउने काम भएको भन्दै सदनलाई हेप्ने काम भएको जिकिर गरे ।