विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले सार्वजनिक गरे सय दिनका काम (पूर्णपाठ)

 संवाददाता    २०८२, २४ असार मंगलवार १५:२६     242 जनाले पढ़िसके



Spread the love

नेपाल विद्युत् प्राधिकरणका सम्मेलनमा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूले प्राधिकरणको नेतृत्व सम्हालेपछि प्रणाली सुधारलाई पहिलो प्राथमिकतामा राख्दै अघि बढाएको बताएका छन् ।

उनले सोमबार आफूले नेतृत्व सम्हालेको सय दिनमा गरेका प्रयास सार्वजनिक गर्दै केही तथ्यहरू प्रस्तुत गरे ।

उनले प्रसारण लाइन (क्षमता अभिवृद्धि समेत गरी) तथा सवस्टेशन निर्माणमा क्रमशः १०४ सर्किट कि.मि. र ३६६ एमभीए वृद्धि भई हाल सम्म कुल ६ हजार ७ सय ६९ सर्किट कि.मि को प्रसारण प्रणाली तथा १४ हजार १ सय २९ एमभीए क्षमताको सवस्टेशन निर्माण सम्पन्न भएको जानकारी दिए । ‘कोशी कोरिडोर अन्तर्गत ढुङ्गेसाघु बसन्तपुर दोस्रो सर्किट निर्माण सम्पन्न गरी चार्ज गरिएको छ,’ उनले भने, ‘प्रसारण लाइन निर्माणमा देखिएको जग्गा प्राप्तिको समस्या समाधानका लागि जग्गाको कित्ताकाट गर्ने प्रावधान गर्न भूमि व्यवस्था तथा सहकारी मन्त्रालय मार्फत आवश्यक प्रक्रिया अघि बढाएका छौँ ।’

उनले मार्गाधिकार भित्रको जग्गामा सोलार विद्युत तथा अन्य सामूहिक खेती प्रणाली विकाशको अवधारणा अघि बढाएको पनि जानकारी दिए ।

‘त्यसका अतिरिक्त त्यस्ता जग्गा धनीहरूलाई विद्युत प्राधिकरणका आयोजनाहरूमा प्राथमिकताका साथ सेयर दिने व्यवस्थाका लागि पहल गरिएको छ,’ उनले भने, ‘दमौली भरतपुर १३२ के.भी प्रसारण लाइनको विद्युत् शक्ति बहाव गर्ने यस अघिको क्षमता ७० मेवा बाट वृद्धि गरी करिब १३० मेवा बनाउन निजी ऊर्जा उत्पादकहरूले मर्स्याङ्दी तथा दोर्दी करिडोरमा निर्माण गरेको जलविद्युत आयोजनाहरूबाट उत्पादन भएको विद्युत सहज रूपमा राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न लागि उक्त लाइनले महत्त्वपूर्ण भूमिका खेल्ने हुँदा प्राविधिक समस्या समाधान गरी वृद्धि भएको विद्युत बहाव गर्ने क्षमताको रहेको प्राविधिक जटिलताले गर्दा उक्त लाइन पूर्ण क्षमतामा सञ्चालन गर्न सकिएको थिएन ।

ढल्केवर ४०० के.भी. सवस्टेशनबाट निकालिएको लोहारपट्टी तर्फको दुई वटा १३२ के.भी. लाइन बे मध्ये हाल प्रणालीलाई आवश्यक नरहेको १ वटा लाइन बे लाई ढल्केबरदेखि हेटौडासम्मको निर्माणाधीन ४०० के.भी.को ढल्केबर सवस्टेशन नजिकको ४०० के.भी. टावरमा जोडी त्यहाँबाट निजगढसम्म निर्माण सम्पन्न भएको ४०० के.भी. लाइन मार्फत पुनः नजिकको पथलैया चन्द्रनिगाहापुर १३२ के.भी. डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटमा जोडी पथलैया १३२ के.भी. सवस्टेशनसम्म करिब २०० मेगावाट विद्युत शक्ति प्रसारण गर्ने प्रसारण प्रणालीको निर्माणको लागि कार्य आरम्भ गरिएको पनि जानकारी दिए ।

‘उक्त कार्य सम्पन्न भएको अवस्थामा हाल ढल्केबरदेखि चन्द्रनिगाहापुर सवस्टेशनसम्म १३२ के.भी. डबल सर्किट प्रसारण लाइनको अतिरिक्त अर्को १३२ के.भी. भोल्टेज लेभेलको विश्वसनीय वैकल्पिक बढी क्षमताको प्रसारण लाइनको लिङ्क हुन्छ,’ उनले भने,‘त्यसले गर्दा प्रणालीमा हुने ट्रिपिङ कम हुनुको साथै बर्खा याममा ढल्केबर सवस्टेशनबाट निर्यात हुने विद्युतको परिणाम समेत १०० मेगावाटले बढ्नेछ ।’

पूर्णपाठ

१०० दिनमा भएका मुख्य कार्यहरुको विवरण

  • नेपाल विद्युत प्राधिकरणको बर्तमान अवस्था र भविश्यको मार्ग चित्र देखाउने गरी श्‍वेतपत्र पत्र जारी गरिएको छ । श्‍वेतपत्रमा मुख्य निम्न ५ विषयलाई प्रथमिकतामा राखिएको छ ।
  • उर्जा सुरक्षा
  • विश्वसनिय विद्युत
  • नविनतम उपायहरुबाट वित्तिय ब्यवस्थापन
  • विश्वसनिय र पारदर्शि तथ्याङ्क
  • मानवस्रोत ब्यवस्थापन
  • उर्जा सुरक्षा र विश्वशनिय उर्जाको लागि निम्न कार्यहरु अगाढी बढाइएको छ ।
  • कुलेखानी सिस्नेरी १०० मे. वा पम्प स्टोरेज आयोजनाको पुर्व सम्भाब्यता अध्ययन सम्पन्न गरी सम्भाब्यताका लागि लाइसेन्स आवेदन गरिएको छ ।
  • हुलिङटार दुम्किम ४९४ मे. वा पम्प स्टोरेज आयोजनाको पुर्व सम्भाब्यता अध्ययन सम्पन्न गरी सम्भाब्यता अध्ययनका लागि लाइसेन्स आवेदन गरिएको छ ।
  • Battery Energy Storage System (BESS) अध्ययन तथा निर्माण सहयोगका लागि पहल शुरु गरिएको छ।
  • उत्तरगंगा तथा अपर अरुणको लाइसेन्‍स प्रक्रिया अगाढी बढाइएको छ ।

वितरण तथा ग्राहक सेवा तर्फ

  • औद्योगिक क्षेत्रमा विद्युत खपत बृद्दि र विश्वासको वातारण निर्माण गरिएको छ । उच्चतम विद्युत खपत र नियमित महशुल भुक्तानिका आधारमा केन्द्रिय स्तरमा १० सर्वाधिक महत्वपुर्ण उपभोक्ता र प्रादेशिक स्तरमा प्रत्येक प्रदेशका १० अत्यन्त महत्वपुर्ण उपभोक्ताको नामावली सार्वजनिक गरी कोशी तथा मधेश प्रदेशका त्यस्ता ग्राहकहरुलाई सम्मान गरिएको छ ।
  • डेडिकेटेड र ट्रंक लाइन विद्युत महशुल सम्बन्धि विवाद लामो समयको अन्यौल पछी समाधानको बाटोमा छ । त्यसका लागि संचालक समितिबाट पुनरावलोकनको म्याद सहीत पुनरावलोकन धरौटि रकममा संशोधन, पुनरावलोकन समितिको अध्यक्ष नियुक्ती लगायतको नितिगत निर्णय गरिएको र सोही अनुशार सार्वजनिक सुचना जारी गरीएको छ । जस अनुशार पुनरावलोकनको लागी ४६ निवेदन प्राप्त भएको र हाल पुनरावलोकन कमिटिले पुनरावलोकन सम्बन्धि कार्य गरिरहेको छ । निश्‍चित अवधि भित्र यो मुद्दा समाधान हुने देखिन्‍छ ।
  • देशैभरि कार्यालय रहेका ठुला कर्पोरेट ग्राहकहरुको प्रत्येक इकाइ ग्राहकहरुको महशुल भुक्तानी केन्द्रिकृत रुपमा एकै स्थानबाट गर्न सकिने गरि छुट्टै पेमेन्‍ट गेटवे निर्माण गरिएको र हाल परिक्षणको अन्‍तिम चरणमा रहेको छ ।

SN

DCS Name

Name of charging center

Budget Head No. 4.308

1

Jorpati DCS

Panch Pokhari Sunaulo Yatayat Pra Li

1,006,000

2

Jorpati DCS

Nilo Micro Yatayat Samiti Pra Li

1,481,000

3

Surkhet DCS

Ma Shakti Trade Link, Eco Charge EV Charging station, Om sai Fast Charging center

2,819,000

4

Gulmi DCS

Maitri Yatayat Pra Li

1,371,000

5

Bhojpur DCS

Jay Bajrang Kirana Pasal

1,018,000

6

Itahari DCS

Riteshwor charging center

991,000

Total

8,686,000

  • चार्जिङ स्टेशनको लागि आवश्य पुर्वाधार निर्माण गर्नका लागि तपशिलका वितरण केन्द्रहरुको मागको आधारमा थप बजेट उपलब्ध गराएकोछ।

  • ४३ MVA क्षमता बराबरको चार (४) वटा ३३।११ के.भि. सबस्टेसनको निर्माण सम्पन्न गरी संचालनमा ल्याईएको छ ।

सि.नं.

नाम

क्षमता, एमभिए

कैफियत

भगवानपुर

८.००

मधेश प्रदेश

विरेन्द्रबजार

१६.००

बर्दिबास

१६.००

जोगबुढा

३.००

सुदुरपश्चिम प्रदेश

जम्मा

४३.००

  • विभिन्न ३३।११ के.भि. सवस्टेशनहरुमा भोल्टेज सुधारको लागी ११० MVAR क्षमता बराबरको Capacitor Bank जडान कार्य सम्पन्न गरिएको छ ।
  • १२ विभिन्न सामुदायिक संस्थाका करिब ७,३१५ ग्राहकहरुलाई ने.वि. प्रा.को ग्राहकमा रूपान्तरण गरी भरपर्दो र गुणस्तरिय सेवा प्रदान गरिएको छ।
  • करिब ९०० थान मिटर गरिब तथा विपन्न परिवारलाई निशुल्क वितरण गरिएको छ ।
  • वितरण प्रणालीमा देखिएका समस्याहरुको सम्बन्धमा ग्राहकहरुबाट समयमानै जानकारी प्राप्‍त गरी देखिएको समस्या ग्राहकले System मा Upload गरी सम्बन्धित वितरण केन्द्रसम्म पुराउन सक्ने गरी Infrastructure Quality App (IQA) तयार गरी हाल कार्यान्वयनको अन्तिम चरणमा रहेको छ ।

प्रणाली सुदृढीकरण र ट्रिपिङ समस्या समाधानका लागि गरिएका कार्यहरु

  • ग्राहकहरुलाई विश्वसनीय विद्युत सेवाको सुनिश्चितताको लागि प्रसारण र वितरण संजाल सुदृढीकरण र ऊर्जा सुरक्षाका उपायहरु अपनाई ग्राहकवर्ग सम्म बिश्वसनीय विद्युत पुराउनका लागि आवश्य कार्य अगाढी बढाइएको छ।यसको मानांकको रुपमा SAIFI र SAIDI जस्ता अन्तराष्ट्रिय अभ्यास रहेकाविश्वसनीयताको मानांकलाई स्थापित गरिएको छ ।तिनै मानांकको आधारमा लाइन ट्रिपिङ अनुगमन गरि सुधारको कार्य अगाडी बढाइएको छ ।
  • वितरण सवस्टेशनको Relay and Battery System Update को लागि हरेक प्रादेशिक/ डिभिजन कार्यालयमा एक जना अधिकृत स्तरको प्राविधिक कर्मचारीलार्इ DC तथा Relay Protection Engineer तोकएको छ ।त्यसरी जिम्मेवारी तोकिएको Engineer ले प्रादेशिक/ डिभिजन कार्यालय मातहतको वितरण केन्द्रमा रहेका ३३/११ केभी सवस्टेशनहरुको नियमित निरिक्षण, मर्मत सम्भार लगायतको कार्य गरी वितरण प्रणालीलाई चुस्त दुरुस्त राख्‍ने कार्य अगाढी बढाइएको छ ।
  • काठमाडौ उपत्यका भित्र नियमित भरपर्दो र गुणस्तरिय विद्युत आपुर्तिको ब्यवस्था मिलाउनका लागि उपत्यका भित्र रहेका विभिन्न १७ वटा स्विचिङ तथा सवस्टेशनहरुमा जडान भएका फिडरहरुको संचालन अवस्था स्विचटारमा रहेको Distribution Control Centre मार्फत २४ सै घण्टा अनुगमन गर्ने ब्यवस्था मिलाईएको छ ।
  • गुणस्तरीय भरपर्दो र नियमित विद्युत आपूर्ति ब्यवस्था मिलाउनका लागि विस्तृत Grid Reinforcement Plan तयार गरिएको छ ।
  • सबै ग्रिड महाशाखा तथा शाखाहरुमा Relay & Protection Engineer तोकिएको छ ।त्यसरी जिम्मेवारी तोकिएको Engineer ले आफु मातहतका सवस्टेशनहरुको नियमित निरिक्षण, मर्मत सम्भार लगायतको कार्य गरी प्रशारण प्रणालीलाई चुस्त दुरुस्त राख्‍ने कार्य अगाढी बढाइएको छ ।

प्रशारण प्रणाली तर्फ

  • प्रसारण लाईन (क्षमता अभिबृद्धि समेत गरि) तथा सवस्टेशन निर्माण तर्फ क्रमसः १०४ सर्किट कि.मि. र ३६६ एम.भी.ए. वृद्धि भै हाल सम्म कुल ६७६९ सर्किट कि.मि को प्रसारण प्रणाली तथा १४१२९ एम.भी.ए. क्षमताको सवस्टेशन निर्माण सम्पन्न भएको छ ।
  • कोशी कोरिडोर अन्‍तर्गत ढुङ्गेसाघु बसन्तपुर दोस्रो सर्कीट निर्माण सम्पन्‍न गरी चार्ज गरिएको छ ।
  • प्रशारण लाइन निर्माणमा देखिएको जग्गा प्राप्तिको समस्या समाधानका लागी मार्गाधिकार भित्र पर्ने जग्गाको कित्ता काट गर्ने प्रावधान गर्न भुमि ब्यवस्था तथा सहकारी मन्त्रालय मार्फत आवश्यक प्रक्रिया अगाढी बढाइएको । मार्गाधिकार भित्रको जग्गामा सोलार विद्युत तथा अन्य सामुहिक खेती प्रणाली विकाशको अवधारणा अगाढी बढाइएको ।त्यसका अतिरिक्त त्यस्ता जग्गा धनीहरुलाई विद्युत प्राधिकरणका आयोजनाहरुमा प्राथमिकताका साथ सेयर दिने ब्यवस्थाका लागि पहल गरिएको छ ।
  • दमौली भरतपुर १३२ के.भी प्रशारण लाईनको विद्यत शतिm वहाव गर्ने यस अघिको क्षमता ७० मे.वा बाट बृद्धि गरि करिव १३० मे.वा बनाउन सो लाइनमा भएको कण्डक्टर बदलिको कार्य भएको भएता पनि भरतपुर स्थित न्यु भरतपुर २२० के.भी सवस्टेशनमा रहेको प्राविधिक जटिलताले गर्दा उतm लाईन पुर्ण क्षमतामा संचालन गर्न सकिएको थिएन । निजि उर्जा उत्पादकहरुले मस्र्याङ्गदी तथा दोर्दी करिडारेमा निर्माण गरेको जलविद्युत आयोजनाहरुबाट उत्पादन भएको विद्युत सहज रुपमा राष्ट्रिय प्रशारण प्रणालीमा जोडिनका लागि उक्त लाईनले महत्वपुर्ण भुमिका खेल्ने हुदा प्राविधिक समस्या समाधान गरि बृद्धि भएको विद्युत वहाव गर्ने क्षमता अनुशार लाइन संचालनमा ल्याइएकोछ ।
  • ढल्केवर ४०० के.भी. सवस्टेशनबाट निकालिएको लोहारपट्टी तर्फको दुई वटा १३२ के.भी. लाईन बे मध्ये हाल प्रणालीलाई आवश्यक नरहेको १ वटा लाईन बे लाई ढल्केबर देखि हेटौडा सम्मको निर्माणाधीन ४०० के.भी.को ढल्केबर सवस्टेशन नजिकको ४०० के.भी. टावरमा जोडी त्यहाँबाट निजगढ सम्म निर्माण सम्पन्न भएको ४०० के.भी. लाईन मार्फत पुनः नजिकको पथलैया चन्द्रनिगाहापुर १३२ के.भी. डबल सर्किट प्रसारण लाईनको एउटा सर्किटमा जोडी पथलैया १३२ के.भी. सवस्टेशनसम्म करिब २०० मेगावाट बिद्युत शक्ति प्रसारण गर्ने प्रसारण प्रणालीको निर्माणको लागि कार्य आरम्भ गरिएकोछ । सो कार्य सम्पन्न भएमा हाल ढल्केबर देखि चन्द्रनिगाहापुर सवस्टेशनसम्म १३२ के.भी. डबल सर्किट प्रसारण लाईनको अतिरिक्त अर्को १३२ के.भी. भोल्टेज लेभेलको विश्वसनीय बैकल्पिक बढी क्षमताको प्रसारण लाईनको लिंक हुने जसले गर्दा प्रणालीमा हुने ट्रिपिंग कम हुनुको साथै बर्खा याममा ढल्केबर सवस्टेशनबाट निर्यात हुने बिद्युतको परिणाम समेत १०० मेगावाटले बढ्नेछ ।
  • बाह्रविसे न्यु खिम्ती ४०० केभी प्रशारण लाईनको बाह्रविसे तथा खिम्तीमा रहेको विवाद समाधान गरी निर्माण सम्पन गरिएको छ ।
  • गुणस्तरिय विश्वसनिय र भरपर्दो विद्युत आपुर्ती ब्यवस्था मिलाउनका लागि निम्न प्रशारण लाइन निर्माणको अनुमतिको लागि प्रक्रिया शुरु गरिएको छ ।
  • निजगढ-पोखरिया ४०० के.भी.
  • बालाजु देखि महाराजगंज हुँदै सिंहदरबार (K3) सम्मको १३२ के.भी. प्रशारण लाईन ।
  • दुधकोशी पावरहाउस देखि सितलपाटि-तिन्गला-दुधकोशी ४०० के.भी. प्रसारण लाईनको टावर नं AP ५१-५२ सम्मको ४०० के.भी. सर्वेक्षण अनुमति पत्र संसोधनको प्रक्रिया शुरु गरिएको छ।
  • निजि क्षेत्रहरुबाट उत्पादित बिद्युतलाई छिटो छरितो रुपमा ४००/२०० के.भी. प्रसारण लाईन मार्फत राष्ट्रिय प्रशारण प्रणालीमा आवद्द गर्न ४००/२०० के.भी. प्रसारण लाईन निर्माणको कार्यमा निजि क्षेत्रलाई Public Private Partnership (PPP) मोडेलमा समावेश गर्ने गरि EoI निकाल्ने प्रक्रिया अगाडी बढाईएको छ।
  • ढल्केबर मुजफ्फरपुर ४०० के.भी. प्रसारण लाइन निर्माण भएको Commercial Modality अनुसार नै दुई प्रसारण लाइनहरु (१) इनरुवा-पुर्णिया ४०० के.भी. प्रसारण लाइन र (२) लम्की (दोदोधार)- बरेली ४०० के.भी. प्रसारण लाइन निर्माण गर्न नेपाल विद्युत प्राधिकरण र पावर ग्रिड कर्पोरशेन अफ इन्डिया लिमिटेडको संयुक्त लगानीमा कम्पनी खोल्ने प्रक्रिया अगाढी बढाइएको छ।
  • नेपाल र चीन बीच निर्माण हुने अन्तरदेशीय प्रसारण लाइन आयोजना (Chilime-Kerung) निर्माणका लागि China-Nepal Power Grid Interconnection को सम्भाव्यता अध्ययन कार्य अगाडि बढाउने निर्णय गरिएको छ।

कर्मचारी तथा आर्थिक प्रशासन तर्फ

  • कर्मचारी सेवा, शर्त विनियमावली, 2075 मा ब्यवस्था भई हाल सम्म शुरुवात नगरिएको सेवाकालीन तालिमको शुरुवात गरि तह ३ इलेक्ट्रिसिय, ३० जनालाई सेवाकालिन एक महिने तालिम प्रदान गरिएको ।
  • Digital NEA अन्तर्गत यसै बर्ष देखि सम्पुर्ण कर्मचारीहरुको कार्य सम्पादन मुल्याङकन अनलाईन भर्ने ब्यवस्था मिलाइएको छ ।
  • प्राधिकरणको वित्तिय प्राविधिक तथा ब्यवस्थापकिय पक्षहरुको विस्तृत मुल्याङकन लगायत सम्पत्ति तथा दायित्वको यथार्थ अवस्था सुनिश्‍चित गर्नका लागि Due Diligence Audit (DDA) को प्रक्रिया अगाढी बढाइएको छ ।
  • प्राधिकरणमा हाल सिर्जित दायित्वहरू तथा प्राधिकरणमा देखिएको तरलता ब्यवस्थापनका लागि रु १० अर्ब अल्पकालिन ऋण लिन अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको छ ।
  • उत्पादन, प्रसारण र वितरण प्रणालीको विस्तार,विद्यमान संरचनाको स्तरउन्नती लगायतका कार्यहरु प्रभावकारी रुपमा संचालन गर्नका लागि रु २० अर्ब बराबरको ऋणपत्र (Bond) जारी गर्न अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको छ ।

ब्यवसाय विकास तर्फ

  • बंगलादेश सरकारसंग भएको विद्युत निर्यात सम्झौता बमोजिम सम्झौता अवधिका लागि एलसी खोली June 15 देखि नियमित रुपमा ४० मे. वा विद्युत बंगलादेश निर्यात गरिएको छ ।
  • Medium Term Bilateral सम्झौता अनुशार ‌औसत दैनिक ३२५ र IEX Market मा ‌औसत दैनिक ३०० मे. वा गरि दैनिक ‍औसत ६२५ मे. वा विद्युत भारत निर्यात भइरहेको छ ।
  • प्राधिकरणका सहायक कम्पनीहरू र सो अन्तर्गत सञ्चालित आयोजनाहरूको प्रगति र वर्तमान अवस्थाको अध्ययन गर्न संचालक समितिका सदस्यको नेत्रित्वमा कमिटी गठन गरि अध्ययन गरिएकोछ। सहायक कम्पनी अन्तर्गत सञ्‍चालिन आयोजनाहरुको कार्यमा तिव्रता ल्याउन तथा वित्तीय लगानीको सुरक्षा थप सुनिश्‍चितताको लागि सबै सहायक कम्पनीहरुमा Company & Project Performance Index तयार गर्न शूरुवात गरिएकोछ। कम्पनीबाट प्रदान गरिने प्रोत्साहन भत्ता/Incentive लार्इ Performance Index को उपलब्धीसँग समेत Tie-up हुने गरी प्रोत्साहन भत्ता/Incentive सम्बन्धि कार्यविधि/निर्देशिकामा परिमार्जनको लागि आवश्यक गृहकार्य अगाढी बढाइएको छ ।
  • सहायक कम्पनीहरुमा प्राधिकरणको लगानीको सुरक्षाको थप ग्यारेन्टीको लागि तथा सहायक कम्पनी अन्तर्गत सञ्‍चालित आयोजनाहरु निर्धारित समयभित्रै सम्पन्‍न हुने गरी कार्य अगाडि बढाउने गरी प्राधिकरणबाट सहायक कम्पनीहरुमा खटार्इने CEO/CFO लगायतका पदाधिकारीहरुसँग Performance Contract गर्ने गरी कार्य अगाढी बढाइएको ।
  • मध्यभोटेकोशी १०२ मेवा आयोजनाको मुख्य सुरुङ संरचनामा देखिएको प्राविधिक समस्या (पानी चुहिने) समाधान गरी Wet Test को प्रक्रिया अगाढी बढाइएको छ ।
  • २०८१ असोज १० देखी देशभर आएको अबिरल वषार्को कारण २०८१ असोज १२ गते आएको आकिस्मक बाढी तथा पिहरोका कारण माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको वाधस्थलमा रहेको Headworks Control Building बालुवा थिग्गराउने पोखरी (Settling Basin) तथा पानी बग्ने नहर (Box Culvert) लगायतको भौतिक संरचनामा भएको क्षतिको अशींक मर्मत गरी २०८१।०९।०९ बाट उत्पादन शुरुवात भएको भएता पनि अन्य आवश्य मर्मतको कार्य सम्पन्न गरि २०८२ असार १२ गते देखि पुर्णा क्षमता ४५६ मेवामा संचालनमा ल्याइएको ।
  • सरकारी निकायबाट प्रवर्द्धन गरिने सौर्य ऊर्जाको G2G मोडेलमा खरिद बिक्री गर्ने सम्वन्धमा निर्णय गरिएको छ ।
  • विभिन्न ७ जलविद्युत तथा सोलार आयोजनाहरु ६२. ९७ मे. वा को ब्यवसायिक उत्पादन शुरुवात भएको छ ।
  • नेपाल सरकार मन्त्रिपरिषदले स्वीकृत गरेको उर्जा विकास मार्गचित्र, २०८१ अनुसार सन् २०३५ सम्म नेपालको कुल विद्युत जडित क्षमता २८,५०० मेगावाट पुर्र्याउने लक्ष्य प्राप्तिको लागि मिति २०८१/१२/१२ सम्म ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भईसकेका १० मेगावाट भन्दा बढी क्षमताका विभिन्न प्रारुपका जम्मा ४९६६. ३ मे. वा (ROR 1858.9 MW and PROP 3107.4 MW) जलविद्युत आयोजनाहरुको गीड कनेक्सन एग्रिमेन्टको प्रावधान अनुसार विद्युत खरिद बिक्री सम्झौताको प्रकृया अगाडि बढाइएको छ ।
  • Energy Mix कार्यक्रम अन्तर्गत कुल ९६० मे. वा को सोलार आयोजनाका लागी प्रतिस्पर्धात्मक खरिद विधि (TBCB) बाट RFP आवहान गरिएकोमा कुल ६३ ओटा आयोजनाहरु छनौट भएकोमा विभिन्‍न ८ कम्पनीको १७० मे. वा सोलार आयोजनाको PPA सम्पन्न गरिएको छ ।