पाँच महिनामै बनेको थियो मितेरी पुल, ६ वर्षपछि बाढीले बगायो

 संवाददाता    २०८२, २४ असार मंगलवार १५:१७     272 जनाले पढ़िसके



Spread the love

नेपाललाई चीनसँग जोड्ने रसुवास्थित नाकामा रहेको ‘मितेरी पुल’ बाढीले बगाएको छ ।

तिब्बत क्षेत्रबाट अचानक आएको बाढीका कारण पुल बग्नुका साथै नेपालतर्फ ठुलो जनधनको क्षति भएको छ । यसको यकिन विवरण भने आइसकेको अवस्था छैन ।

अहिले बगाइएको पुल ६ वर्षअघि अर्थात् २०७६ जेठमा सञ्चालनमा आएको थियो । चिनियाँ सहयोगमा बनेको उक्त पुल बनाउन चिनियाँ ठेकेदार कम्पनीले जम्मा पाँच महिना लगाएको थियो ।

तिब्बती इन्जिनियरिङ कम्पनी लिमिटेड तान सुन रोड एन्ड ब्रिज पाएको छ महिनामध्ये समय दिइएकोमा त्यसअघि नै पुल निर्माण भएको थियो । पुलको लम्बाई ११० मिटर र चौडाइ ९ मिटर रहेको थियो।

पुल भत्किएसँगै नेपाल–चीनबिचको प्रमुख सम्पर्क केन्द्र टुटेको छ । यो पुल अब कसले र कसको लागतमा बन्ने भन्ने अन्योल देखिएको छ ।