उदयपुरमा भत्किएको पुलमुनि बेपत्ता युवक मृत भेटिए

 संवाददाता    २०८२, २४ असार मंगलवार १२:३३     320 जनाले पढ़िसके



Spread the love

उदयपुरको चौदण्डीगढी-५ स्थित त्रियुगा नदीको भत्किएको पुलमुनि माछा मार्ने क्रममा बेपत्ता भएका युवकको शव फेला परेको छ ।

चौदण्डीगढी-६ कालीखोला ३० वर्षीय सुरज राईको शव भेटिएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक (इन्सपेक्टरु) बबिन राईले जानकारी दिए ।

 

उनले भने, ‘त्रियुगाको भत्किएको पुलमुनि माछा मार्ने क्रममा बेपत्ता युवक मृत भेटिएको छ । हिजोदेखि खोजी कार्य जारी राखेका थियौं।‘

उनका अनुसार सशस्त्र प्रहरीको टोलीले भत्किएको पुलबाट उनको शव निकालेको छ । शव पोस्टमार्टमका लागि नगर अस्पताल बेल्टार पठाइएको छ ।

 

सोमबार सुरजसँग उनका साथीहरू प्रताप राई र सुरेश माझी पनि नुहाउन आएका थिए । तर, सुरज माछा मार्ने क्रममा बेपत्ता भएका थिए ।