भोटेकोसी नदीमा आएको बाढीमा फसेकाहरूको उद्धार गर्न गएका तीन प्रहरी बेपत्ता

 संवाददाता    २०८२, २४ असार मंगलवार १०:३१     408 जनाले पढ़िसके



Spread the love

रसुवामा मंगलबार बिहान भोटेकोसी नदीमा आएको बाढीमा फसेकाहरूको उद्धार गर्न गएका तीन प्रहरी पनि बेपत्ता भएका छन्।

रसुवा प्रहरीले दिएको जानकारीअनुसार बाढी आएपछि उद्धारमा खटिएकामध्ये इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र प्रहरी जवान लोकेन्द्र बोहरा बेपत्ता भएका हुन्।

प्रहरीले जारी गरेको सूचनाअनुसार अहिलेसम्म बाढीमा ३ प्रहरी, १२ नेपाली नागरिक र ६ चिनियाँ नागरिक गरी १८ जना हराइरहेका छन्। हालसम्म सबैको पहिचान खुलिसकेको छैन।

यस्तै बाढीमा फसेकाहरूमध्ये १ जना नेपाल प्रहरी, १ जना सशस्त्र प्रहरी र ७ जना स्थानीय उद्धार गरिएको जानकारी पनि प्रहरीले दिएको छ।

रसुवा प्रहरीका अनुसार चीन क्षेत्रमा परेको भीषण वर्षाका कारण रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ रसुवागढीमा मंगलबार बिहान ३ बजेतिर बाढी आएको हो।

बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएकाले मंगलबार बिहान ४ बजेदेखि आवतजावत बन्द भएको छ।

यस्तै बाढीले गोसाइँकुण्ड २ मा रहेको ईभी चार्जिङ स्टेसनमा रहेका ७/८ वटा गाडी बगाएको छ भने भन्सार कार्यालय रसुवाको यार्ड र रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको जानकारी प्रहरीले दिएको छ।

थप कुरा प्रहरीले जारी गरेको सूचनामा: