टिमुरे इलाकाबाट ९ जनाको सकुशल उद्धार : सेना

 संवाददाता    २०८२, २४ असार मंगलवार ०९:४१     258 जनाले पढ़िसके



Spread the love

रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा आएको बाढीका कारण अलपत्र परेका ९ जनाको नेपाली सेनाले उद्धार गरेको छ ।

गएराति नेपाल–चिन सिमानाको लेण्डे खोला हुँदै भोटेकोशीमा बहाव बढेपछि फसेका ९ जनालाई रसुवाको टिमुरे क्षेत्रबाट सकुशल उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

रसुवामा उद्धारको लागी एनए–०३८ एमआई र इकुरेल हेलिकप्टर परिचालन गरिएको सेनाले जनाएको छ । त्यस्तै, नुवाकोटको त्रिशूली नदीमा रुखमा बसेर ज्यान जोगाइरहेका २ जनालाई सेनाको एमआई हेलिकप्टरले उद्धार गरेको छ ।